१४ बैशाख २०८१, शुक्रबार

विश्व शिक्षक संगठनको टोली र प्रचण्डको भेटवार्ता


prachandaaa

१४ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन् ।

उनले निरंकुश व्यवस्थाविरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताए । विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बरमा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएकाले सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन् ।

अध्यक्ष प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिवाट आएको उल्लेख गर्दै अध्यक्षले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिवाटै आएका छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !