१४ बैशाख २०८१, शुक्रबार

नेपाल र भारतबीच चार वटा सम्झौतामा गरियो हस्ताक्षर


देउवा र मोदीवीचको भेटवार्ता

नयाँ दिल्ली । नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा आज शनिबार आयोजित समारोहमा नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले ४ वटा फरक-फरक सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल भारतबीच रेल्वे सम्बन्धी प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सोलार एलाइन्स, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा नेपाल आयाल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदान-प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !