५ जेष्ठ २०८१, शनिबार

मिजारको शव फेला


निधन

११ वैशाख, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ नेपाल विद्युत प्राधिकरणचोक नजिक रहेको पोखरीमा मंगलबार बिहान एक जना पुरुष मृत फेला परेका छन् ।

बनेपा नगरपालिका–१ रायगाउँका करिब ४५ वर्षका धनबहादुर मिजारको शव पोखरीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाह बताए ।

मिजारको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !