१२ आश्विन २०८१, शनिबार

डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त


डिन थम्पसन

काठमाडौँ । डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा थम्पसन नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जानकारी दिएको हो ।

हिजो मंगलबार राष्ट्रपति जो बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन् । राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउने छन् ।

हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीको कार्यकाल समाप्त हुन लागेकोले २५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतको रुपमा आउन लागेका हुन् ।

थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले बताएको छ । यसअघि उनी यो क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री थिए ।

सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुमा काम गरेका थिए । उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !