१८ बैशाख २०८१, मंगलबार

दुर्घटनाबाट एकजनाको मृत्यु, ५ जना घाइते


दुर्घटना

पर्सा । पर्सामा शनिबार राति एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट ५ जना घाइते भएका छन् ।

एम्बुलेन्सले ना २ ह २७६६ नम्बरको रिक्सालाई गएराती पौने १२ बजे ठक्कर दिँदा रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी काजल देवी, धुरेन्द्र राउत, मन्जुदेवी, अनिकेत पटेल र अंजली पटेलको घाइते भएका छन् । उनीहरुको वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !