२० बैशाख २०८१, बिहिबार

१० जना जुवाडे पक्राउ


juwa-tas

काठमाडौं । झापाको बिर्तामोडबाट १० जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार नगरपालिका–६ डेरा गरी बस्ने ३८ वर्षीय हंसबहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङसहित १० जना जुवाडेलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नगद ४५ हजार रुपैयाँ, भारतीय २२ हजार ५०० र ६ बुक तास बरामत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !