६ जेष्ठ २०८१, आइतबार

झापामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु


दुर्घटना

झापा । झापाको कमल गाँउपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का२३ बर्षीय पाण्डव चौलागाई रहेका छन ।

हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल चालक खडका सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !