२४ बैशाख २०८१, सोमबार

दुर्घटनाबाट एकजनाको मृत्यु


दुर्घटना

सल्यान । सल्यानमा रा ४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार राति ९ बजे दुर्घटना हुँदा शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दीपेश डाँगीको मृत्युु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका डाँगीको उपचारका क्रममा दाङको तुसलीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राति नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक सामान्य घाइते रहेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !