२० बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते


दुर्घटना

नवलपरासी । नवलपरासीमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान लु २ ख ४३१९ नम्बरको बस र ना ६ ख १७२१ नम्बरको ट्रक ठोक्किदा ७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !