२४ बैशाख २०८१, सोमबार

नक्चुङ सामुदायिक वनमा आगलागी


मनाङमा लागेको आगो अझै नियन्त्रण बाहिर फाइल फोटो

सोलुखुम्बु । नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भीषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको वनमा आगो लागेको छ ।

उक्त क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको प्रहरीले जनाइएको छ । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।

आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !