२१ बैशाख २०८१, शुक्रबार

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन


कृष्णकुमार (किसान) श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए का छन् ।

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले भने, “तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।” श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ ।

सडक डिभिजन र सहरी विकास विकास मन्त्रालयमार्फत ५ करोडको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट २ करोड र सहरी विकास मन्त्रालयबाट ३ करोड विनियोजन भएको थियो । उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !