२० बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट एकजनाको मृत्यु, तीन घाइते


दुर्घटना

काठमाडौं । दाङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । प्रहरीका अनुसार बा३ख ८६४३ नम्बरको हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा तुलसीपुर उपमहानगपालिका–१८, मनिकापुरका २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको हो ।

चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार माइक्रोका चालक तुलसीपुरका २६ वर्षीय करण परियार, माइक्रोमा सवार कमल परियार र मोटरसाइकलका चालक रमेश वली घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !