२१ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढ्ने


budget-nepal

काठमाडौं— सरकारले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाउने भएको छ। पेट्रोलियम पदार्थमा बढाएको रकम बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि उपयोग गरिने अर्थमन्त्री विष्णु पौडेलले उल्लेख गरेका छन्।
शनिबार संसदमा बजेट भाषण प्रस्तुत गर्दै उनले भन्सार स्रोतमै कर लगाउँदा सरकारले एक वर्षमा करिब ७ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान गरे। मट्टितले, हवाइ इन्धन, डिजेल तथा पेट्रोल मा ५ प्रतिशत पूर्वाधार कर बढाउने उनको घोषणा थियो।

इन्धनमा मूल्य वृद्धिको असर तत्काललाई सर्वसाधारणमा मात्र देखिए पनि त्यसको असर अन्य क्षेत्रमा पनि पर्नेछ। १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजनाको निर्माण आगामी वर्षदेखि सुरु गर्ने सरकारको तयारी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !