८ जेष्ठ २०८१, मंगलबार

मुख्यमन्त्री पौडेलद्वारा दुई बालकको अभिभावकत्व ग्रहण


dormani

५ वैशाख, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।

उनले मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना अभियान शुभारम्भ गर्दै जेसिका प्रजा र सन्जित ब्लोनको अभिभावकत्व लिएका हुन् ।

मुख्यमन्त्री पौडेलले विद्यालय जान नसकेका बालबालिकालाई हरेक सचेत नागरिकले जिम्मा लिएर विद्यालय भर्ना गराउनुपर्नेमा जोड दिएका छन् । उनले आफूले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको सबै खाले शैक्षिक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भर्ना अभियान अन्तरगत सोही विद्यालयमा प्रदेशसभा सदस्य ओम घलानले स्थानीय सुनिल चेपाङ र मनहरी ४ को महेन्द्र किरण माविमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले सविन थिङ र विश्वास थोक्राको अभिभावकत्व ग्रहण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !