८ बैशाख २०८१, शनिबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते


मृत्यु

काठमाडौं । सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोट स्थायी घर भएका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको हो ।

कार्कीको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा साढे १० बजे राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दोलखा हावा-७ घर भएका २७ वर्षीय बलराम सुनुवारको उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !