२४ बैशाख २०८१, सोमबार

दाङमा चप्पल गोदाममा आगलागी हुँदा निस्सासिएर ५ जनाको मृत्यु


दाङमा चप्पल गोदाममा आगलागी

तुलसीपुर । दाङमा चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाममा आलगागी हुँदा भित्र फसेका ५ जनाको निस्सासिएर मृत्यु भएको हो ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आगलागीमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरु ४ पुरूष र १ बालिकाको शव निकालिएको छ । मृतकहरुको शवलाई अस्पताल पठाइएको छ । तर क-कसको हताहत भयो भन्नेबारे सनाखत हुन बाँकी छ ।

केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । बिहान २ बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेपछि नियन्त्रणका लागि प्रयास भएपनि करिब ५ घण्टापछि बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।

उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रण लिएका हुन् ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीको बारेमा थप खोजी र अनुसन्धान जारी छ । क्षतिको विवरण अझै आउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !