९ जेष्ठ २०८१, बुधबार

स्थानीय तहको निर्वाचन मितिविरूद्ध साहले दिएको रिट सर्वोच्चद्वारा दरपीठ


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च प्रशासनले स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दरपीठ गरेको छ । बुधबार सर्वोच्च प्रशासनले नगरपालिका प्रमुख सञ्जीवकुमार साहको रिट दरपीठ गरेको हो ।

आफ्नो पाँच वर्षे कार्यकाल घटाउने गरी सरकारले निर्वाचन मिति घोषणा गरेको भन्दै साहले रिट दर्ता गरेका थिए । सर्वोच्च प्रशासनले स्थानीय तह निर्वाचनसम्बन्धी कानुन अनुसार यसअघि भएका सबै चरणका निर्वाचन एकैचरणमा भएको मान्नुपर्ने कानुनी प्रावधान देखाउँदै रिट दरपीठ गरिदिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !