२५ बैशाख २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो


यातायात

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।

हिजो आइतबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले हिजो राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय थियो । हिजो आइतबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको आधारमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधनमा जोर बिजोर हटाउने निर्णय गरेको थियो ।

नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने गए रातिदेखि हटाइएको हो ।

यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने, १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्बललगाय रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत बैठकले आग्रह गरेको छ ।

पार्टी प्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ । बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको छ ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशाशन कार्यालय काठमाडौँले जारी गरेको आदेश
जिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेश

यो पनि पढ्नुहोस्

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्न पाइने (आदेशसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !