११ बैशाख २०८१, मंगलबार

आजदेखि सार्वजनिक सवारीमा जोरबिजोर हट्यो, अरु के-केमा कायमै ?


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । हिजो शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

हिजो शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधनहरु बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

तर निजी सवारी साधनहरु कार, मोटरसाइकल, स्कुटर र ट्याक्सीमा भने जोर बिजोर प्रणाली यथावत् कायम राखिएको छ । दुई पांग्रे सहितका निजी र ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।

दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

प्रजिअ उपाध्यायले कोरोना भाइरस संक्रमणको जोखिम लगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । यसअघि जारी आदेशका अन्य प्रावधानलाई भने निरन्तरता दिइएको उनले बताए ।

यस्तो छ जिल्ला प्रशाशन कार्यालय काठमाडौँले जारी गरेको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !