२० जेष्ठ २०८१, आइतबार

प्रहरीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ


पक्राउ

काठमाडौं । धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् ।

अमितकुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र एकथान मोबाइल लुटपाट गरेको आरोपमा गए राति उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरी समेत घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !