१६ जेष्ठ २०८१, बुधबार

भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई जना घाइते


दुर्घटना

काठमाडौं । सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएपछि चालकसहित २ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह छन् ।

दुर्घटनामा घाइते भएका सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !