६ जेष्ठ २०८१, आइतबार

ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु


दुर्घटना

कैलाली । कैलालीमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको स्रोतले बतायो ।

धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा १ त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको स्रोतले बतायो । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !