६ जेष्ठ २०८१, आइतबार

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु


शव फेला

रोल्पा । रोल्पामा ट्याक्टरबाट खसेर एक जना सह–चालकको पनि मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३डोम्फेस्थित सडकमा ना ७ त ६४२६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सुनछहरी गाउँपालिका–५ जुवाङ बस्ने १९ वर्षीय पूर्ण सिंह बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !