२१ बैशाख २०८१, शुक्रबार

दुर्घटनाबाट मोटरसाईकल चालकको मृत्यु


दुर्घटना

रुपन्देही । रुपन्देहीमा दुर्घटना हुँदा क जना मोटरसाईकल चालकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा ना ४ ख ८९४० नम्बरको ट्रकले लु ७० प २४४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–११ बस्ने २५ वर्षीय मन बहादुर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !