६ बैशाख २०८१, बिहिबार

रोल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते


दुर्घटना

रोल्पा। रोल्पामा आज बिहान जीप दुर्घटना भएको छ । आइतबार बिहान भएको ६ जना सबार जीप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना परी मृत्‍यु हुनेहरुमा २ जना पुरुष र १ जना महिला रहेका छन् । यस्तै उक्त दुर्घटनामा परी घाइते भएका ३ जना जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

उनीहरू गम्भीर घाइते भएकाले बाहिरी जिल्ला लैजान हेलिकप्टरसँग कुरा भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जीप साढे ३ सय मिटर तल खसेको खसेकोले अझैं भिरमै अड्किएको अवस्थामा रहेको छ ।

रोल्पाको माडी गाउँपालिका-६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो ।

रोल्पाका प्रहरी स्रोतका अनुसार मृतकहरुको भने अझसम्म सनाखत हुनसकेको छैन । त्यस्तै दुर्घटनाको कारण नखुलिसकेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !