१९ बैशाख २०८१, बुधबार

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न


उदाउँदो सूर्यलाई अघ्र्य

पर्सा । प्रकृतिको पूजाअराधाना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई व्रतालुले अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको छ ।

चार दिन अघि नहाय खायबाट सुरु भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको हो । कात्तिक शुक्लपञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले सुरु गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै समापन भएको हो ।

वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, इनर्वा, रामगढवा नगवा पोखरी, माइधिया पोखरीलगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुले बिहान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !