१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीश जबराले आज पनि तोके आफुसहित ९ इजलास


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज बिहीबारका लागि आफुसहित ९ वटा इजलास तोकेका छन् । जबराले आज तोकेका ९ वटा इजलासमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनलाई चुनौती दिँदै एउटा ३ सदस्यीय पूर्ण इजलास र ५ वटा संयुक्त इजलास तोकेका छन् । १७७ वटा मुद्दामा केवल ६ वटा मात्रै बन्दी प्रत्यक्षीकरणका मुद्दा तोकेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराको आचरणलाई लिएर सर्वोच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका हुन् ।

पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । तर आज पनि प्रधानन्यायाधीश जबराले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहने गरी पेशी तोकेका हुन् ।

कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !