२१ बैशाख २०८१, शुक्रबार

पाल्हीनन्दनमा पन्ध्र श्यायाको अस्पताल सञ्चालनमा आउँदै


अस्पताल

परासी । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र श्ययाको अस्पताल सञ्चालनको तयारी थालेको छ । पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल छैन् । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ ।

अस्पतालको लागि भौतिक पूर्वाधार तयार भइसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले राससलाई जानकारी दिनुभयो । “करिब रु साँढे छ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अव पाल्हीनन्दन अस्पतालको रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँेले भन्न्ुभयो ।

नवनिर्मित भवनबाट हाल पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरिएको छ भने आवश्यक प्रक्रिया पूरा गरेर अस्पतालमा परिणत गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । तत्कालका लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो ।

पन्ध्र श्यया अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारुी दिनुभयो । “सरकारले तोकेका मापदण्डअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी भर्ना गर्ने, औषधि खरिद, प्रयोगशाला, सामान्य शल्यक्रियाको लागि आवश्यक यन्त्र उपकरणको खरिदलगायतका कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !