१३ बैशाख २०८१, बिहिबार

बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्


चण्डेश्वर श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् ।

आज मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउन नसकिने देखिएकोले थप शशक्त आन्दोलनमा उत्रिने बताए ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि आफ्नै लागि एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् ।

सर्वोच्चका असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् ।

बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास तोकेका हुन् ।

उनको यो कदमबाट अरु असन्तुष्ट रहेका न्यायाधीशहरू थप रुष्ट भएसंगै सर्वोच्चको विवाद चर्किने सम्भावना बढेको छ भने नेपाल बार एशोसिएसनले सोमबार राति मात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !