१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशले पेसी तोकेपछि सर्वोच्चमा न्यायाधीशहरु छलफलमा जुटे


सर्वोच्च अदालत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पेसी तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु आपसी छलफलमा जुटेका छन् । हिजो आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए ।

प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्चका न्यायाधीशहरुको भेला जारी रहेको छ । असन्तुष्ट न्यायाधीशहरु फुलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बसेका हुन् । यी न्यायाधीशहरू इजलासमा जाने वा नजाने भनेर अहिलेसम्म टुंगो भने लागिसकेको छैन ।

प्रधानन्यायाधीश राणासहित १३ न्यायाधीश आज सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्चका एक न्यायाधीश नहकुल सुवेदी आज अहिलेसम्म अनुपस्थित रहेका छन् ।

प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् । यद्यपि असन्तुष्ट न्यायाधीशहरूले इजलास बहिष्कार भने नगर्ने भएको पनि सर्वोच्च स्रोतले बताएको छ ।

सर्वोच्चका न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !