२६ बैशाख २०८१, बुधबार

हुप्सेकोट गाउँपालिकाको सबै वडामा नेकपा एमाले वडा कमिटी गठन


हुप्सेकोट एमाले वडा कमिटी गठन

हुप्सेकोट । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय निर्देशन अनुसार वडा वडामा आज अधिवेशन गरिएको हो ।

हुप्सेकोट गाउँपालिका १ मा दल बहादुर थापा अध्यक्ष रहने गरि सर्वसम्मत वडा कमिटी गठन गरिएको छ, जसको उपाध्यक्षमा पहल सिंह घर्ती, सचिवमा बम बहादुर सारू, उपसचिवमा हेमा महतो र संगीता दिसुवा मगर र अन्य सबै २६ जना सदस्य रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरिएको अध्यक्ष मण्डलका संयोजक गिर बहादुर कानूङ्ग मगरले जानकारी दिनुभयो ।

त्यस्तै हुप्सेकोट २ मा अध्यक्ष केयर सिंह थापा, उपाध्यक्ष लिला बहादुर ठाडा मगर,सचिव कुम्भ सिंह पाटा र उपसचिवमा पहल सिंह राना र मुना सार्की रहनुभएको अध्यक्ष मण्डलका संयोजक चेतन रानाले जानकारी दिनुभयो ।

त्यस्तै बिराट सामुदायिक बनको सभाहलमा भएको भेलाबाट हुप्सेकोट ३ मा तिल प्रसाद भट्टराई अध्यक्ष, मान बहादुर कार्की उपाध्यक्ष, मुक्त बहादुर गुरुंग सचिव र पि बि राना र राजेश्वरी पोखरेल उपसचिवमा चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक देवेश्वर भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ४ मा इन्द्र बहादुर बयम्बू अध्यक्ष, हेमलाल खाम्चा मगर उपाध्यक्ष, प्रवीण पाण्डे सचिव, र देउमाया दर्लामी कानूङ्ग र रि माया घर्ती मगर उपसचिव हुनुभएको जिल्ला कमिटी सदस्य तथा हुप्सेकोट ४ का इन्चार्ज रोशन थापाले जानकारी दिनुभयो ।

हुप्सेकोट ५ मा पनि सहमति भएको तर नामावली आउन बांकी रहेको छ र वडा नम्बर ६ मा जापडांडा का दुर्गा सोमै अध्यक्षमा निर्विरोध सर्वम्मत चयन हुनुभएको नेकपा एमाले हुप्सेकोट संयोजक पुर्ण प्रकाश बि.क.ले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा दान बहादुर राना, सचिवमा इन्द्र जीत सिंह ठकुरी , उपसचिवमा चुरा सोमै र कर्नी माया गाहा चयन हुनुभएको छ ।

हुप्सेकोट गाउँपालिकाकाका सबै वडामा ३१ सदस्यीय निर्विरोध वडा कमिटी गठन भएको नेकपा एमाले गाउँ कमिटी संयोजक बि. क. ले बताउनुभयो । नेकपा एमालेले स्थानीय तहमा यही कार्तिक ९ गते पालिका अधिवेशन गर्दैछ ।

हुप्सेकोट एमाले वडा कमिटी गठनहुप्सेकोट एमाले वडा कमिटी गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !