८ बैशाख २०८१, शनिबार

बाढी पहिरो र डुबान (अपडेट) : देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता


सुदूरपश्चिममा प्राकृतिक विपद्

काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा १ जना, बैतडीमा ४ जना, डडेलधुरामा १ जना, बझाङमा २ जना, हुम्लामा ६ जना, सोलुखुम्बु र प्यूठानमा १/१ जना, धनकुटामा ७ जना, मोरङमा १ जना, सुनसरीमा २ जना र उदयपुरमा २ जनाको मृत्यु भएको छ ।

उनका अनुसार बाढी/पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा १ जना, प्यूठानमा २ जना र इलाममा ३ जना बेपत्ता रहेका छन् ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका २ जनाको निधन भएमा भने ३ लाख दिइनेछ ।

आवास गुमाउने ५ जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !