७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोले घर भत्काएकाहरूलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले घर भत्केकाहरूलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बाढी पहिरोले पहाडमा घर भत्केकाहरूलाई घर निर्माण गर्न ४ लाख, हिमाली क्षेत्रकालाई ५ लाख र तराईका पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

यस्तै घर निर्माण गर्न जग्गाको अभाव हुनेका लागि थप ३ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको गृहमन्त्री खाँणले बताए । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरूलाई तत्काल ५० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !