८ बैशाख २०८१, शनिबार

पाँचथरको मिक्लाजुङमा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु


पाँचथरको मिक्लाजुङमा पहिरो

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा मिक्लाजुङमा ठुलो क्षति हुन पुगेको हो ।

मिक्लाजुङ गाँउपालिका अध्यक्ष अमरराज माखिमका अनुसार बेपत्ता भएका २४ जनामध्ये २१ जनाको शव भेटिएको बताए ।

मिक्लाजुङ-५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजुङ–५ को कुरुम्बामा एकै ठाँउमा ११ जनाको मृत्यु भएको छ ।

यस्तै फिदिम-४ मा दुई जना, फाल्गुननन्द गाँउपालिकामा-३ जना र कुम्मायमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम-ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !