१४ बैशाख २०८१, शुक्रबार

सिन्घुपाल्चोकमा बस दुर्घटना : ३३ जना घाइते


दुर्घटना

सिन्घुपाल्चोक। सिन्घुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब १० मिटर तल खसेको छ ।

काठमाडौँबाट दोलखा जाँदै गरेको बस दुर्घटना हुँदा ३३ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने १ जनाको अवस्था चिन्ताजनक रहेको छ । मंगलबार दिउँसो भएको बस दुर्घटनामा गम्भीर घाइतेहरुलाई थप उपचारको लागि धुलिखेल अस्पताल लगिदैछ ।

कर्मथलो काठमाडौँवाट रिजर्भ गरेर दशैँ मनाउन जन्मथलो दोलखा जाँदै गरेका यात्रुहरु सवार बस दुर्घटना भएको हो । दिउसो तातेको बसलाई चिस्याउन पानी हाल्दै गर्दा बसमा पछाडि सरेर दुर्घटना भएको हो । घाइतेहरुलाई प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !