७ बैशाख २०८१, शुक्रबार

डडेल्धुरामा बस दुर्घटना : १६ जना घाइते


डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना महिला, २ जना बालबालिका र ८ जना पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !