७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा गोली चल्यो : कम्तीमा ५ घाइते (अपडेट)


मोतिपूर औद्योगिक क्षेत्र

बुटवल । रुपन्देही जिल्लाको मोतीपुरमा दिउँसै एकाएक गोली चल्दा कम्तीमा ५ जना घाइते भएका छन् । मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्वासी हटाउन खोज्दा गोली चलेको हो । अहिले पनि मोतीपूर क्षेत्र तनाबग्रस्त रहेको छ ।

मोतिपूर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । आज बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदि उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले ३ दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।

केही समय अघिदेखि मोतीपुर औद्योगिक क्षेत्रमा देशका विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन् । आज स्थानीय प्रशासनले उनीहरूलाई त्यहाँवाट हटाउन खोज्दा झडप भएको थियो ।

औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देही जिल्ला प्रशाशन कार्यालय स्रोतले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउँ भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !