२० बैशाख २०८१, बिहिबार

अमेरिकी डीभी खुला, आवेदन भर्दा यी ५ कुरामा ध्यान दिनुहोस्


डीभी दर्ताको आवेदन खुला

काठमाडौं । अमेरिकी सरकारले गएरातिदेखि सन् २०२३ को लागि डाईभर्सिटी भिसा (डीभी) खुला गरेको छ । सन् २०२३ का लागि आवेदन गएराति ९ः४५ बजेदेखि खुला भएको हो ।

डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्नका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ । इडीभी फारम भर्नुपर्ने छ भने आवेदन भर्दा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न सकिनेछ ।

उनीहरुलाई समावेश नगरी पेस गरिएको आवेदन भने अमान्य मानिनेछ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

दूतावासले डीभी आवेदन भर्दा ५ कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । जुन निम्न अनुसार छन् :

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।

२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस् ।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस् ।

४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस् ।

५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !