४ जेष्ठ २०८१, शुक्रबार

आरम्भ माइक्रोको सेयर कारोबार खुल्यो


Nepal Stock Exchange

१५ चैत, काठमाण्डौ । आरम्भ माइक्राफाइनान्सको आइपिओ बाँडफाँड भएको २२ औँ दिनमा नै सेयर कारोबार खुलेको छ । विहीबार देखि आरम्भको सेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेले आरम्भको कारोबार कोड AMFI  दिएको छ ।

आरम्भको पहिलो कारोबार मूल्य प्रतिकित्ता ८२ रुपैयाँदेखि २४६ रुपैयाँ तोकिएको छ ।

कम्पनीले आईपिओ निष्काशन बन्द भएको ३७ घण्टामा बाँडफाँड गरेको थियो भने १४ औं दिनमा नेप्सेमा सेयर सूचीकरण गराएको थियो । आरम्भले गत चैत ७ गते आईपिओ सहित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सूचीकरण गराएको थियो ।

कम्पनीले गत फागुन १५ गतेदेखि २१ गतेसम्म एक सय रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरी गत फागुन २३ गते बाँडफाँड गरेको थियो । जसमा गोलाप्रथाबाट १० कित्ताका दरले २७ हजार ४८ जनाले आवेदकले सेयर प्राप्त गरेका थिए ।

काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !