२१ बैशाख २०८१, शुक्रबार

आफ्नै बुवा र श्रीमतीको हत्या गरेर गाडेका युवा पक्राउ


धनुषा । एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका छन् । धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँका ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको हो । भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए।

त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गाउँलेले देखाएको स्थानबाट शव उत्खनन् गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !