२० बैशाख २०८१, बिहिबार

फेडररलाई हराउँदै हुवानले उचाले इन्डियाना वेल्सको उपाधि


juan-martin

एजेन्सी,  ६ चैत ।  विश्व वरियतामा शीर्ष स्थानमा रहेका रोजर फेडररलाई हराउँदै अर्जेन्टिनाका खेलाडी हुवान मार्टिन डेल पोर्टो इन्डियाना ओपनको पुरुषतर्फको उपाधि जितेका छन् ।

क्यालिफोर्नियामा भएको फाइनलमा पोर्टोले किर्तिमानी खेलाडी फेडररलाई दुई एकको सेटमा पराजित गरे । फेडररलाई यो वर्ष पहिलो हार चखाउने क्रममा डेल पोर्टोले पहिलो सेट ६–४ ले जितेका थिए ।

तर दोस्रो सेटमा कमब्याक गरेका फेडररले ७–५ ले जित्दै एक एक सेटको बराबरी गरे । तेस्रो तथा निर्णायक सेटमा पोर्टोेले फेडररलाई टाइब्रेकरमा ७–६ ले पछि पारे र उपाधि उचाले । क्यालिफोर्नियामा किर्तिमानी छैटाै‌ पटक इन्डियाना वेल्सको उपाधि जित्ने लक्ष्यमा रहेका फेडरर चुक्न पुगे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !