५ जेष्ठ २०८१, शनिबार

मादक पदार्थ सेवन गरेर भएको पारिवारिक झगडामा ५ महिने बालिकाको हत्या


मृत्यु प्रतीकात्मक तस्वीर

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।

पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए । घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !