२० बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा आजदेखि ट्याक्सी पनि चल्न पाउने


ट्याक्सी

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबारदेखि ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई आजवाट खुकुलो बनाएको हो ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६ गते आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक हप्ताका लागि थपिएको निषेधाज्ञामा ट्याक्सीलाई पनि चल्न दिने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । अब निषेधाज्ञाको मोडालिटी परिवर्तन भएर सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो ।

नीजि सवारी कार, जीप भ्यानमा ४ जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने ३ जनामात्रै यात्रु राख्न पाइनेछ । काठमाडौं उपत्यकामा कोरोना महामारीको कारणले कडा निषेधाज्ञा लगाइएकोले घरमा बस्न बाध्य भएका कार, बाइक, स्कुटी चढ्नेमा खुशीयाली छाएको छ ।

सार्वजनिक सवारी साधन भने अझै केहि समय सञ्चालन गर्ने पाइने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !