११ मंसिर २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आजदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई आजवाट खुकुलो बनाएको छ । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । अब निषेधाज्ञाको मोडालिटी परिवर्तन भएर सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो ।

पत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६ गते आइतबार बसेको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै आज असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए ।

बैठकले अहिलेसम्मको समिक्षा गरी सवारी सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेको हो । नीजि सवारी कार, जीप भ्यानमा ४ जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने ३ जनामात्रै यात्रु राख्न पाइनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारी साधनलाई चल्न दिनुपर्ने सुझाव दिएपछि महिनौ दिन अघिदेखि घरमा बस्न बाध्य भएका उपत्यकामा कार, बाइक, स्कुटी चढ्नेमा खुशीयाली छाएको छ ।

सार्वजनिक सवारी साधन भने अझै केहि समय सञ्चालन गर्ने पाइने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ ।

यद्यपि यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापन-पत्र बुझाएका छन् । कोरोना भाइरसको कारण विगत लामो समयदेखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रालिले सरकारसमक्ष हिजो ज्ञापनपत्र बुझाएको हो ।

लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी, मजदुर, कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन सुन्दर यातायात प्रालिले माग गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !