७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न सरकारसमक्ष व्यवसायीहरुको माग


रविमान श्रेष्ठ र भेष बहादुर थापा

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापन-पत्र बुझाएका छन् । कोरोना भाइरसको कारण विगत लामो समयदेखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रालिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

आज आइतबार भौतिक पूर्वधार तथा यातायात सचिव रविमान श्रेष्ठको कार्य कक्षमा ज्ञापनपत्र बुझाएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जनाएका छन् । सधैँ कोरोनासँग डराउने हो हरेका क्षेत्रका रोजी रोटी खोसीदै जाँदा देशको अर्थतन्त्रमा समेत असर गर्ने पत्रमा उल्लेख गरिएको छ । उच्च सर्तकताका साथ सार्वजजनिक यातायात सञ्चालन गछौँ ।

लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी, मजदुर, कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन सुन्दर यातायात प्रालिले माग गरेको हो ।

ज्ञापन-पत्र बुझ्दै सचिव श्रेष्ठले अव कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गरे । उनले यातायात व्यवसायीको मागका बारेमा सीसीएमसीलगायत सम्बन्धी निकायमा कुरा राख्ने प्रतिवद्धता जनाए ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘लामो समयसम्म लकडाउनको कारण हामी यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम वुझाउन नसकिरहेको तथा हामी यस क्षेत्रमा आवद्ध भई व्यवसाय गरी रहेका सम्पूर्ण व्यवसायी सो मा आवद्व कामदार , मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत सकिरहेका छैनौ । हामी सधै कोराना संग डराउने , कोरोनाको विरुद्द नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटी समेत बन्द भई ठुलो भोकमरी लाग्ने स्थिति आउनेछ ।’

सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न सरकारसमक्ष व्यवसायीहरुको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !