१४ बैशाख २०८१, शुक्रबार

काभ्रेको बनेपामा आमाछोरा मृत फेला


मृत्यु

बनेपा । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका-११ सिनागालमा आमा र छोरा मृत फेला परेका छन् । पाँचखाल-६ स्थायी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान कार्की मृत फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले मृतक मनीषाका श्रीमान् ३३ वर्षीय माधव कार्कीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयमा वान्ता गरेका माधवले आफूले विष खाएको बताएका छन् भने कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !