१३ बैशाख २०८१, बिहिबार

धनुषामा जमेको पानीमा डुबेर ५ जना बालिकाको मृत्यु


River_SWimming Bepatta

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । दिउँसो १२ः०० बजेको समयमा घर नजिकै बाख्रा चराउन गएका बालिकाहरु जमेको पानीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुखियापट्टी मुसरनिया-६, लक्ष्मीपुरस्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरू १० वर्षदेखि १३ वर्ष उमेर समूहका रहेका छन् ।

डुबेर मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीया छोरी ललिता साह तेली रहेको प्रहरीले जनाएको छ ।

दुई बालक हराइरहेको पनि सूचना प्राप्त भएको छ । प्रहरी घटनास्थल पुगिसकेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !