८ कार्तिक २०८१, बिहीबार

रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस


जिल्ला प्रशासन कार्यालय रुपन्देही

बुटवल । रुपन्देही जिल्लामा कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि हुँदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देही स्रोतले बताएको छ । रुपन्देहीमा मंगलबारदेखि नै सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । तर उक्त सिफारिसका सम्बन्धमा भोलि बुधबार बिहान ११ निर्णय हुनेछ । यसअघि रुपन्देहीमा स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलहरु, उद्योगी-व्यवसायीसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालिएको हो ।

निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने प्रशासन कार्यालयको तयारी छ । अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र निषेधाज्ञाको अवधिमा सञ्चालन अनुमति दिने गरी केन्द्रले निषेधाज्ञाको सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु