२८ आश्विन २०८१, सोमबार

भूकम्पको पूर्वसूचना दिने यन्त्र ४ स्थानमा जडान


erk

अब नेपालमा पनि भुकम्प आउनु अगावै भुकम्प आउने सुचना पाइने भएको छ । भुकम्प कहाँ आउँदै छ भन्ने सुचना दिने यन्त्र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको छ ।

भुकम्प आउनु अगाडी सुचना दिने यन्त्र सुन्दा अचम्म लाग्न सक्छ । धेरै देशहरुमा त्यस्ता यन्त्र जडान भइसकेका छन् । तर, नेपालमा भने यो पहिलो पटक जडान भएको हो । झण्डै आठ महिना अघिदेखि उक्त प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक साताअघि मात्र जडान गर्न सफल भएको नाष्टले जनाएको छ ।

चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निःशुल्क दिएको भूकम्प पूर्व सूचना प्रविधिलाई नास्टले काठमाण्डौंका विभिन्न चार ठाउँमा जडान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय भूगर्भ केन्द्रीय विभाग, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा जडान गरिएको छ ।

यसरी जडान गरिएका ठाउँमा भूकम्प आउँदैछ भनेर पूर्व सूचनाका रुपमा साइरन बज्ने र उक्त प्रविधि चीन, जापान र मेक्सिकोमा सफल भैसकेको छ र यो प्रविधि प्रयोग गर्ने नेपाल चौथो राष्ट्र रहेको नास्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले जानकारी दिनु भयो ।

एउटा सेन्सरको मूल्य १० लाख डलर पर्छ । सेन्सरमा एउटा ब्याट्री पनि हुन्छ । त्यो विद्युतबाट अटोमेटिक चार्ज हुन्छ । अहिले गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, काभे्र लगायतका काठमाडौं आसपासका जिल्लामा गरी ३९ वटा सेन्सर जडान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु जति टाढा भयो त्यति नै चाँडो रिसिभरमा पुग्छ र साइरन बज्छन् । यसरी भूकम्पको केन्द्रविन्दु टाढा भएमा २२ सेकेण्ड भन्दा अगाडि नै साइरन बज्ने गर्छन् । साइरन निरन्तर २० सेकेण्डसम्म बज्छ ।

तर रिसिभर जडान गरिएको ठाउँ वरपर नै केन्द्रबिन्दु छ भने त्यहाँको आसपारको रिसिभरले काम गर्दैन । किनकी रिसिभरले सूचना थाहा पाउनुभन्दा पहिला भूकम्प गइसकेको हुन्छ । तर नजिकको रिसिभरले काम नगरे पनि केन्द्रविन्दु भन्दा टाढाको रिसिभरले काम गर्छ र आमजनताले भूकम्प आउँदै छ भनेर अगाडि नै सूचना पाउँने नाष्टले जनाएको छ ।

भुकम्पीय जोखिममा दोश्रो स्थानमा रहेको नेपालको लागि यो पुर्वानुमान र पुर्व सुचना दिने यन्त्र निकै लाभदायक हुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !