११ बैशाख २०८१, मंगलबार

भारतका ३३ करोड मानिस खडेरीको मारमा


drought in india

भारतको ठूलो हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस् नाघिसकेका विवरणमाझ देशैभर सुख्खा र खडेरीको समस्या बढिरहेको छ।

अधिकारीहरु भन्छन् अहिले पानीको संकट भोगिरहेका केही राज्यले आफ्ना प्रतिवेदनहरु दिइनसकेकोले सो संख्या अझै बढ्न सक्छ।

पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा इनारबाट पानी तान्ने क्रममा प्रचण्ड गर्मीका कारण एक ११ वर्षिया बालिकाको मृत्यु भयो।
droughtप्रचण्ड गर्मी
योगिता देसाइले आइतबार ४२ डिग्री तापक्रममा चार घन्टा कुरेर पानीको जोहो गरिरहेको स्थानीय पत्रकार मनोज साप्तेले बीबीसीलाई बताए।

पछि उनको मृत्यु गर्मी र शरिरमा पानीको कमीका कारण भएको पुष्टि भयो।
भारत पानीका लागि मनसुने वर्षामा निर्भर रहने गर्दछ तर विगत दुई वर्षदेखि मनसुन कमजोर भएर पानी कम परेको छ।

भारत सरकार भन्छ अहिले देशका २ सय ५६ जिल्लामा देशको करिब एक चौथाइ जनसंख्या सुख्खा र खडेरीबाट ग्रस्त छ।

पूर्वी राज्य उडिसामा विद्यालयहरु बन्द गरिएका छन्।

तेलाङ्गाना र आन्ध्र प्रदेश राज्यमा गएको गर्मी याममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।

अहिले भारतभर प्रचण्ड गर्मीका कारण यो साल एक सय जना भन्दा बढीको ज्यान गइसकेको छ।

र्को महिना इण्डियन प्रिमियर लिग क्रिकेट खेलको तयारी गरिरहेको महाराष्ट्रले पानी अभावका कारण १३ वटा म्याच अन्तै सार्न भनिसकेको छ।

india droughtउत्तर भारतमा पञ्जाब र हरियाणा जस्ता राज्य चाँहि नदीको पानी बाँडफाडका विषयमा विवादमा मुछिएका छन्।

केन्द्रीय पानी आयोगका अनुसार भारतका पानी जम्मा गर्ने ९१ वटा सरोवरहरुमा पानी क्षमताको २९ प्रतिशतमात्र रहेको छ।

देशको ८५ प्रतिशत पिउने पानी जमीन मुनिका ‘अक्वीफर’ अर्थात भूमिगत जलभण्डारहरुबाट तानिन्छ तर ती पनि सुक्दै गइरहेको वाटर एड नामक संस्थाले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !